दमक/ झापाका स्थापित पेट्रोलियम व्यवसायी तथा यूवा सामाजिक, राजनीतिक व्यक्तित्व भुपालराज कटवाल नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन ।
महासंघको आज विर्तामोडमा भएको निर्वाचन कार्यक्रममा कटवाल निर्विरोध निर्वाचित भएका हुन । कटवाल झापाका स्थापित पेट्रोलियम व्यवसायी हुन । उनी एडभान्स हस्पिटलका सञ्चालक सदस्य , गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य , न्यू पब्लिक कृषि सहकारी संस्था का अध्यक्ष एवं नेपाल तरुण दलका जिल्ला सदस्य पनि हुन ।
