दमक/ दमकस्थित बेलडागीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार राती १० बजे शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
दमक नगरपालिका वडा नं ८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका ८ का २२ बर्षीय रोशन कुमार मंग्राती पक्राउ परेका हुन । उनीहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको थियो । उनीहरुका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।