दमक/ झापाको हल्दीवारी गाउँपालिका ५ का ७२ बर्षीया हरिमाया बेघाको त्यहाँस्थित खोलाको दहमा लाश भेटिएको छ । उनको त्यहाँ भएर बग्ने भुतेनी खोलाले बगाएर मृत्यु भएको प्रहरीको प्रारम्भिक आंशका छ ।
आईतवार राती साढे ८ बजे खोला तर्ने क्रममा अचानक खोलाले उनलाई बगाएको र दहमा लाश भेटिएको हुन सक्ने अनुमान गरिएको हो । प्रहरी चौकी जलथलबाट प्रहरी टोली त्यहाँ पुगेपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान शुरु गरेको कार्यालयले जनाएको छ ।