दमक/ झापाको दमकमा क्रियाशील दुई सामाजिक संस्थाले आज इलामको रोङ गाउँपालिका वडा नं २ स्थित शान्तिपुर माविका बिद्यार्थीलाई शैक्षि सामग्रीसहित किताब बोक्ने झोला र स्विटर प्रदान गरेका छन ।

पहिलो पाइला नेपाल दमक शाखा र क्लब हिमालय टाइगर अन्तर्गतको योङ टाइगरका पदाधिकारी तथा सदस्यहरु बिद्यालयमै पुगेर सो सामग्री हस्तान्तरण गरेका हुन । पहिलो पाइलाले त्यहाँका ५० बिद्यार्थीलाई भाग्य बोक्ने झोलाका रुपमा शैक्षिक सामग्री बोक्न प्रयोग हुने झोला , कापी, पेन्सिल आदी प्रदान गरेको क्लबका अध्यक्ष दिपक खडकाले बताए । त्यस्तै योङ टाइगरले २५ जना बालबालिकालाई स्विटर र खेलकुद सामग्री प्रदान गरेको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कूल बहादुर खुलालको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो पाइलाका सल्लाहकार समेत रहेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजु खडका, संस्थाका अध्यक्ष दिपक खडका, उपाध्यक्षद्धय निशा घिमिरे र सुरेश बराल, सचिव मेघनाथ फूयाँल तथा योङ टाइगरका अध्यक्ष राजु अधिकारी , लियो क्लब अफ दमक लखनपुरका अध्यक्ष अनिस खडका लगायतले बिद्यालयका अध्यक्ष खुलाल र प्रधानाध्यापक प्रेमलाल कार्कीको उपस्थितिमा ति सामग्री हस्तान्तरण गरेका थिए ।

Facebook Comments Box