दमक/ झापा क्षेत्र नं ४ बाट निर्वाचित विघठित प्रतिनिधि सभा सदस्य सांसद एलपी साँवा लिम्बुले सो क्षेत्र अन्तर्गतको शिवसताक्षीस्थित धरमपूर – लामा टोल सडक खण्ड कालोपत्रेका लागि शिलान्यास गरेका छन । आज आयोजित कार्यक्रममा उनले सो सडक शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा बोल्दै साँवाले जनताको विकास र समृद्धीको चाहनामाथि कसैबाट पनि कुठाराघात हुन नहुने धारणा राखे ।
शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी सघन विकास आयोजना कार्यालय भद्रपुरले ठेक्का प्रकृयाबाट निर्माण सम्पन्न गर्ने गरी सो सडक स्तरोन्नती सम्बन्धि योजना अघि बढाएको हो । सो योजना हेना कन्स्ट्रक्सन दमकले २०७८ जेठ ९ मा निर्माण सम्पन्न गर्ने गरि कार्यलयसंग सम्झौता गरेको जनाइएको छ । करिब एक किलोमिटर लम्बाई ७ मिटर चौडाइको सो योजनाको कूल लागत ५६ लाख ७६ हजार रुपैयाँ रहने कार्यक्रममा जानकारी दिइएको छ ।
