गौरादह / गौरादह नगरपालिका वडा नं. ४ मझुवामा आधारभुत स्वास्थ्य चौकी भवनको आज बुधबार शिलान्यास भएको छ । गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहले आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् ।

संघिय सरकारको ४४ लाख ४८ हजार रूपैयाँको लागतमा निर्माण हुने सो भवन निर्माणका लागि स्थानीय धन बहादुर प्रसाईले ३ कठ्ठा जग्गा निशुल्क दान दिएका छन् ।
ग्रामीण भेगका मानिसहरूमा स्वास्थ सेवा पहुँच होस भन्ने उदेश्यले स्थापना गरिएको स्वास्थ चौकीले समृद्व नगर निर्माणमा सहयोग पुर्याउने नगर प्रमुख साहले बताए । स्वास्थ चौकीले वडावासीलाई मात्रै नभई त्यसका छेउछाउका वार्डमा बसोवास गर्नु हुने सम्पूर्ण नगरवासीहरूले स्वास्थ्य लाभ लिन सक्ने उनले बताए ।
शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई, वडा नं. ४ का वडाध्यक्ष मणिन्द्र कार्कि, नगरपालिकाका ईन्जिनियर गोपाल भण्डारीलगायत वडास्थित जनप्रतिनिधि तथा स्थानियहरूको उपस्थिति थियो ।
