दमक/ झापाको कन्काइ ८ लक्ष्मीपुर चोकस्थित पूर्व पश्चीम लोकमार्गमा पश्चीमबाट पुर्व तर्फ आउदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय ६५ बर्षिया चम्पादेवी हलुवाइको उपचारका क्रममा विर्तामोडमा हिजो ( मंगलबार) बेलुकी करिब साढे सात बजे मृत्यु भएको प्रहरीले जनाएको ।
त्यसैगरी पाडाजुँगी –गौरीगञ्ज सडक अन्तर्गत कमल ६ दही चोकमा भएको दुर्घटनामा दुई जना घाईते भएका छन । दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे ८ प ३६४७ नम्बरको को मोटरसाइकलले सोही दिशाबाट जादै गरेका साईकल यात्री दमक ८ का ४५ बर्षिय भुपाल तामाङलाई ठक्कर दिएर घाईते बनाएको हो । तामाङको टाउकोमा गम्भिर चोट लागेको र मोटरसाइकल चालक दमक –७ का ४४ बर्षिय धनराज राजवंशी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Facebook Comments Box