झापाको कमल गाउँपालिका वडा नं ५ मा पर्ने गुहेश्वरी टोलमा आज मंगलबार बिहान करिब २ बजे जंगली हात्तीको बथान पसेर भत्काएको स्थानीय बल बहादुर विष्टको घर । हात्तीले गुहेश्वरी टोल र टुकुरे टोलबासीलाई रातीदेखिनै दुख दिएको छ । सर्वसाधारणहरुले भागेर ज्यान बचाएका छन । उत्तरी चुरे क्षेत्रबाट प्रवेश गरेको हात्तीको समुहले एकाएक घर भत्काएपछि त्यहाँ भागाभाग मच्चाएको हो । सर्वसाधारणले हात्तीका कारण मध्यरातीदेखि नै बस्न नसकिने अवस्था भएको बताउँदै प्रहरीमा खबर गरेपछि त्यहाँ ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Facebook Comments Box