दमक/ दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिला सम्बनिध राष्ट्र संघीय उच्चायोग ( युएनएचसीआर)ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ । दमक ३ का वडाध्यक्ष नबनि बरालका अनुसार युएनएचसीआरको करिब २९ लाख रुपैयाँको लागतमा ३ कोठे पक्की भवन निर्माण सम्पन्न भई आज उदघाटन समेत गरिएको छ ।

दमक ३ स्थित नवजागरण टोलको भस्मे भन्ने ठाउँमा स्थानीय मनमाया तामाङ र छोरा जीवन तामाङले निशुल्क उपलब्ध गराएको १५ धुर जग्गामा निर्मित सो भवनको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उदघाटन गरेका छन । सो भवनलाई प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताइएको छ ।
सो अवसरमा युएनएचसीआर दमकका प्रमुख माधव गौतमको विशेष उपस्थिती रहेको थियो । वडाध्यक्ष बरालका अनुसार सो खोप केन्द्र स्थापना भएपछि त्यस भेगका दमक र छिमेकी जिल्ला इलामको चुलाचुलीका स्थानीय करिब ५ सय घर धुरीका बालबालिका र भुटानी शरणार्थी बालबालिकाहरुलाई नियमित खोप सेवा प्रदान गर्न सहज हुनेछ ।
