लक्ष्मी नेपाल
काठमाडौं/अमेरिकामा पुनर्वास भएका एक भुटानी शरणार्थी दम्पतिले काठमाडौंस्थित “फष्ट रे अफहोप नेपाल बाल आश्रमलाई खाद्यन्न र खेल सामाग्री गरेका छन ।
एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका अभिकेशर कट्टेलको १३ औ दिनको पुन्यतिथीको अवसरमा आज सो सहयोग गरिएको हो । ६९बर्षको उमेरमा गत पुष १ गते कट्टेलको अमेरिकाको पेन्सिल भेनियामा कोभिड १९ को संक्रमणबाट निधन भएको थियो ।

दिवंगत कट्टेलको आत्माको चीर शान्तिको कामनासहित १३ औ दिनको पुन्यतिथिको अवसरमा उनकी माइली छोरी ज्वाँइ दमन्ती र खेम कोइरालाले सो आश्रमका लागि खाद्यन्न र खेल सामाग्री हस्तान्तरण गरेका हुन् ।  सहयोगि परिवारको प्रतिनिधित्व गर्दै काठमाडौंबाट राजकुमार कोईरालाले आज बिहान टोखास्थित बाल आश्रममै पुगेर आश्रमका निर्देशक ऋषि गौतमलाई सो सहयोग हस्तान्तरण गरेका थिए । ८ बर्ष अघि स्थापना भएको सो आश्रममा देशभरीका २० जना बालबालिका आश्रित छन् । सहयोगी कोईराला दम्पतिले सो सहयोगको अवसरप्रति आभार व्यक्त गरे । उनीहरुले आगामी दिनहरुमा पनि यी बालबालिकाका लागि सकेको सहयोग गर्ने आश्वासन दिदै उनीहरुको उज्वल भविष्यको कामना गरेका छन् ।

Facebook Comments Box