काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ ।
प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड(नेपाल समूहका अन्य नेता पनि सहभागी थिए । भेटवार्तामा नेता गौतमले आफू संसद विघटनको विपक्षमा रहेको बताउनुभएको खुमलटार स्रोतले जनाएको छ । गौतमले अझै पनि पार्टी एकताको पक्षमा आफू रहेको जानकारी गराउनुभएको थियो । दुई टुक्रा भएको नेकपाका सबैजसो शीर्ष नेताले आफ्नो पक्ष प्रष्ट पारिसकेका छन् । तर उपाध्यक्ष बामदेव गौतमले भने आफू कुनै पनि पक्षमा नलाग्ने बताउँदै आउनुभएको छ ।