दमक/ पूर्वपश्चिम लोकमार्ग  दमक ४ स्थित ताराबारी नजिकै हिजो भएको दुर्घटनामा तीन जना घाईते भएका छन ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३४ प २३०३ नम्बरको स्कुटर र बिपरित दिशाबाट जादै गरेको प्र– १– ०२ –०४१ प ७७३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा तीन जना घाईते भएका हुन । दुर्घटनामा मोटरसाइकल चालक कमल ५ का प्रकाश पौडेल र चालक मोरङ पथरीशनिश्चरे १ का बर्ष २४ का योगेश राई र पछाडी सवार बर्ष १३ का योगेश गुरुङ घाईते भएका हुन । उनीहरुको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।

Facebook Comments Box