दमक/ मोरङको पथरीशनिश्चरे १० सिविरडाँडास्थित पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ट्रयाक्टरसंग पछाडीबाट आउँदै गरेको मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हिँजो साँझ करिब साढे ६ बजे भएको सो दुर्घटनामा रतुवामाई नगरपालिका वडा नं १० का अन्दाजी ५२ बर्षिय सन्तबहादुर आले मगरको मृत्यु भएको हो ।
को २ त ५५८१ नम्बरको ट्रयाक्टरमा सोही दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किदा गम्भिर घाईते भएका आले मगरको नोबल अस्पताल विराटनगरमा उपचारका क्रममा राती करिब पौने १० बजे मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार शुक्ल मुर्मू सामान्य घाईते भएका छन ।
यसैगरी झापाको कमल ३ स्थित सानो केर्खा चौकमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा तीन जना घाईते भएका छन । पूर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम आउदै गरेको को २१ प ८४७१ नम्बरको मोटरसाइकललाई सोहि दिशा आउदै गरेको मे ३ प ३५६४ नं. को मोटरसाइकलले ठक्कर दिदा ८४७१ नम्बरका चालक जिल्ला धनकुटा छथर जोरपाटी गा.पा. ६ बस्ने बर्ष २५ का सन्दिप बाडा र पछाडी सवार ईटहरी १८ का ३७ बर्षिय खगेन्द्र दर्जी दुबै सामन्य घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box