दमक/ पार्टीको नाम, चुनाव चिन्ह लगायतका बिषयमा आधिकारिकताको आआफनै दाबी चलिरहेका बेला झापामा नेकपाका दुवै समुहले यूवा बिद्यार्थी लक्षित भेला आयोजना गरेका छन । झापाको दमकमा आज नेकपाको पुष्पकमल दाहाल– माधव नेपाल समुह निकटका यूवा बिद्यार्थीहरुको भेला दमक ८ स्थित पार्टी कार्यालयमा भएको छ ।
बिद्यार्थी नेता विनोद तिम्सिनाको अध्यक्षता र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कर्म पूलामीको प्रमुख उपस्थितिमा भएको भेलामा राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य प्रत्युस राना, पार्टीका प्रदेश सल्लाहकार सदस्य तथा दमक नगरका पूर्व मेयर इन्द्र बुढाथोकी, विरेन्द्र बस्नेत, पुष्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणी भण्डारी, नेकपा झापाका नेता रमेश गुरागाइँ ,महेन्द्र खडका, बेदु गौतम, अनेरास्ववियु जिल्ला अध्यक्ष अनिल सुवेदी लगायतले भेलालाई सम्बोधन गरेका थिए ।
भेलामा नेकपा दमक नगर सचिव तिर्थराज बस्नेत, कमल गाउँ समिति सचिव रविन गुरुङ, हुकुम बहादुर नेपाली , प्राध्यापक तथा बुद्धिजीविहरु अखिलेश्वरलाल दास, तुलसी निरौला, डिल्लीराम पोखरेल, पूर्व बिद्यार्थी नेता गोविन्दराज कट्टेल लगायतको पनि सहभागिता रहेको अेनारस्ववियूका जिल्ला नेता रोशन भण्डारीले जानकारी दिए । भेलाको सञ्चालन केशव दाहालले गरेका थिए ।
त्यसैगरी नेकपाको केपी शर्मा ओली समुह निकटका युवा बिद्यार्थीहरुको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आज नै झापाको सालबारीमा भएको छ ।
सो भेलालाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राजु कार्कीसहित झापास्थित सो पार्टी तथा युवा बिद्यार्थी संगठनका नेताहरुले सम्बोधन गरेका बताइएको छ ।