मोरङ/ मोरङको रंगेली ८ दर्बेसाबाट नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन ।  १७ हजार ७ सय रुपैया भारतीय नक्कली नोटसहित भारतको बौका चोप्राहका ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जनाइएको छ ।

Facebook Comments Box