दमक/  पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल ५ मा आज भएको सवारी दुर्घटनामा स्थानीय एक जनाको मृत्यु भएको छ । कमल ५ रतुवापुलमा तिब्र गतिमा रहेको सुमोको ठक्करबाट कमल ६ का ५० बर्षिय झुलनाथ खनालको मृत्यु भएको हो ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरीका अनुसार मे १ ज २००४ नम्बरको सुमोले साइकल यात्री खनाललाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए । आज बिहान लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा उनको मृत्यु भएको र दुर्घटनामा संलग्न सवारी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Facebook Comments Box