इटहरी/सुनसरीको कोशी गाउँपालिका ३ का ८० बर्षीय गंगाई दासको हत्या आरोपमा २ जना पक्राउ परेका छन् ।
आज बिहान राती अबैध कपडा ओसार पसार गर्ने क्रममा स्थानीय ५५ बर्षीय उदिचन्द मुखिया र ६० बर्षीय कृपा मल्लाहले कुटपिट गरेको र सोही कारणले दासको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मुखिया र मल्लाहको संलग्नता रहेको देखिएकाले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box