दमक/ प्रदेश एक अन्तर्गत झापासहित विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोरङको सुनवर्सी नगरपालिका वडा नं ९ स्थित रंगेली डाईनिया पक्कि सडकमा भारतीय नम्बर प्लेटको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा भारतको अररियाका ३० बर्षिय चुन्ना कुमारको मृत्यु भएको हो । दुर्घटनाका घाईते कुमारको रंगेली अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको हो । दुर्घटनमा मोटरसाइकलमा सवार अर्का एक गम्भिर घाईते भएका छन । मोटरसाइकल चालक उनका बाबु काँसी प्रसाद सिंह रहेका थिए ।
त्यसैगरी सुनसरीको कोसी गाउँपालिका ८ भण्टाबारी स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको नम्बर नखुलेको पिकपले ठक्कर दिँदा एक ६०/७० बर्षिया एक महिलाको मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाईते उनको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवमा मृत्यु भएको र सवारी चालक तत्काल फरार भएकाले खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी दमक –९ अंमरचोक स्थित उत्तर दक्षिण भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ६३ प ३००२ नम्बरको मोटरसाइकलले बिपरीत दिशाबाट आउदै गरेको साईकल लाई ठक्कर दिदा भएको दुर्घटनामा साईकल यात्री दमक ८ का ४९ बर्षिय उमेश साह घाईते भएका छन । दुर्घटनामा मोटरसाइकल चालक दमक ९ का २१ बर्षिय रोशन बुढाथोकी प्रहरी निगरानीमा उपचारमा रहेको जनाइएको छ । त्यस्तै झापा कचनकवल गा.पा. ७ होसना चोक स्थित उत्तर दक्षिण भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र १ –०१–००१३ प २७०६ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिदा कचनकवल गा.पा. ७ का ७५ बर्षिय तिलबिक्रम कडेल गम्भिर घाईते भएका छन । उनको ओम साइ पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।