दमक/दमकस्थित दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नेत्र बहादुर बुढाथोकीलाई पितृशोक परेको छ । बुढाथोकीका पिता भक्त बहादुर बुढाथोकीको ९२ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।


उनको पार्थिव शरिर आज दिउँसो २ बजे कन्काईमा अन्त्येष्टीका लागि लगिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय बुढाथोकी नेपाली कांग्रेसका पुराना क्रियाशील सदस्य समेत हुन । उनका तीन छोरा तेजबहादुर, लोक बहादुर र नेत्र बहादुर हुन ।

Facebook Comments Box