दमक/ झापाको बाह्रदशी ५ मा एक बृद्धको रुखबाट लडेर ज्यान गएको छ । सो ठाउँका ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट लडेर आज बिहान मृत्यु भएको हो । बिहान ९ बजे कुटमिरो को रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बुको बि.एण्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।