दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि चालेको कदम र राष्ट्रपति विद्यादेवी भण्डारीले यसमा दिएको साथको विरुद्धमा ओलीको गृह जिल्ला झापामा आज प्रदर्शन हुँदैछ ।
सो पार्टीको जनवर्गीग संगठनका कार्यकर्ता र शुभेच्छुक युवा तथा विद्यार्थीले दमक र विर्तामोडमा आज साँझ प्रदर्शनको तयारी गरेका हुन । अपरान्ह ४ बजे बिर्तामोड र दमकमा विरोध प्रदर्शन गर्ने भएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य प्रत्युष रानाले बताए ।