काठमाडौं/ संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु राजीनामा दिने तयारीमा लागेका छन ।
उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर, श्रममन्त्री रामेश्वरराय यादव र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन् ।

बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय सुनाएपछि मन्त्रीहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुनलगायतले विरोध गरेका थिए ।

Facebook Comments Box