दमक/ प्रदेश एक अन्तर्गत मोरङ र तेह्रथुममा आज दुई वटा अप्रिय घटना भएका छन । ति घटनामा दुई जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका १४ झट्याईका राजेश तत्माको घरमा आगलागी हुँदा जलेर एका जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार घटनामा दुई जना घाईते भएका छन ।
आज बिहान राती साढे १२ बजे तत्माको कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माका १४ बर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु भएको हो । आगलागीमा परी तत्माकी श्रीमती ३२ बर्षीया ईन्दु देवी तत्मा र छोरा ७ बर्षीय किशन कुमार तत्मा घाईते भएका छन् । घाईतेको दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी तेह्रथुमको म्याङलुङ नगरपालिका ८ कोबेकमा अंशबण्डाको बिषयमा एक जनाको हत्या भएको छ । हत्याको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु रहेका छन् ।
शुक्रवार राती साढे ७ बजे कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झैझगडा भईरहेको अवस्थामा कुमार लिम्बुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।