काठमाडौं/ नेपाली राजनीतिले आज एकाएक नयाँ मोड लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन भने सत्तारुढ नेकपाको बैठक अन्योलमा परेको छ ।
पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेको आंशकामा प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका हुन ।
पार्टीभित्र सहमतिको प्रयास भैरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय लिएका हुन । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको हो । यसैबीच संसद विगठनको सिफारिस लगत्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन । घटनाक्रमले अर्कै मोड लिएकाले आजका लागि तय भएको पार्टी बैठक अन्योलमा परेको प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भए पनि अहिलेसम्म अध्यादेश फिर्ता हुन सकिरहेको छैन । अध्यादेश फिर्ताका लागि अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Facebook Comments Box