कमल/झापाको कमल ४ मा नेपाली कांग्रेसको वडा पार्टी कार्यलय स्थापना गरिएको छ । कांग्रेस वडा समितिको आयोजनामा वडा कार्यालयको स्थापना तथा उदघाटन गरिएको हो ।


नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य दिलिप राईको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा नेता राईले कांग्रेसलाई जनस्तरमा सशक्त ढंगबाट अघि बढाउँदै संगठनात्मक गतिबिधि सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा कांग्रेस झापाका जिल्ला सदस्य हुुकुमसिं राई र पूर्व महासमिति सदस्य राजन ढुंगाना को विशेष उपस्थिति रहेको थियो । सो अवसरमा पार्टीका गाउँ समिति सभापति खगेन भण्डारीसहित पूर्व सभापति तथा पदाधिकारीहरु, भातृ संगठनका पदाधिकारी एवं सदस्यहरु लगायतको सहभागिता थियो । कार्यक्रमको सभापतित्व डम्बर गुरुङले गरेका थिए भने सञ्चालन खेम खनालले गरेका कांग्रेस कमल गाउँ सभापति खगेन भण्डारीले जनाएका छन ।

Facebook Comments Box