दमक/राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा पार्टीको भातृसंगठन युवक र महिला संगठनको वडा समिति गठन गरेको छ । आज शनिबार सम्पन्न वडास्तरिय पार्टी कार्यकर्ताहरुको भेलाले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको अध्यक्षमा चन्द्रवहादुर कार्की र जानुका विष्टको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन गठन गरिएको हो ।

१२ सदस्यीय गठित युवक संगठनको सचिवमा नविन लामिछाने र कोषाध्यक्षमा राजेश कार्की चुनिएका छन् भने सदस्यहरुमा हेमराज कार्की, पर्शुराम तिम्सीना,खेम राई, सुमन श्रेष्ठ, मनोज दर्जी,भक्तवहादुर खत्री,खड्ग बहादुर थापा, प्रकाश बुढाथोकी र हरि खवास रहेका छन् । यस्तै, सात सदस्यीय महिला संगठनको सदस्यहरुमा डुकुमाया निरौला, रोश्नी श्रेष्ठ,सिता ओझा,देवीमाया भटटराई ,अस्मिता कार्की र डिल्लीमाया बराईली रहेकी छिन् ।
राप्रपा कमल ५ का अध्यक्ष खड्ग वहादुर श्रेष्ठको अध्यक्षता तथा पार्टीका जिल्ला सदस्य दिपक खरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी गाउँपालिका अध्यक्ष विष्णु प्रसाद पौडेल, उपाध्यक्ष युवराज खड्का,कमल ६ का अध्यक्ष सत्यनारायण ताजपुरिया, सदस्य विक्रम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा नेपाली कांग्रेस तथा नेकपा परित्याग गरि २४ जना राप्रपामा प्रवेश गरेको जिल्ला सदस्य दिपक खरेलले वताएका छन् । त्यस्तै, कार्यक्रममा पार्टीको चुनाव चिन्ह हलो समेत सार्वजनिक गरिएको थियो ।