काठमाडौं/ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भइ नसक्नुभएकाे स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभयाे ।
बुधबारकाे स्थायी कमिटी बैठकमा यो विषयले पनि प्रवेश पाउने अनुमान गरिएको छ । अध्यादेश आएपछि प्रचण्डसहित सचिवालयका बहुमत सदस्य असन्तुष्ट बनेका छन् । ओलीले पार्टीमा परामर्श नै नगरि ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । पार्टीभित्र देखिएको अन्तर्विरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको हो ।