ग्याँसमा कालोबजारी गर्ने एक र मोटरसाईकल चोरी गर्ने दुई जना रंगेहात पक्राउ

Author Nishkarsha News
२०७७ पुष १, बुधबार ११:११

दमक/  मोरङमा खाना पकाउने ग्याँसमा कालोबजारी गर्ने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
खाना पकाउने ग्याँसको कालोबजारी गर्ने मनिष यादवलाई बिराटनगर महानगरपालिका १४ मलाहा रोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो ठाउँमा यादवले संचालन गरेको फोटोकपी तथा ग्याँस पसलबाट यादवले एउटा ग्यास सिलिण्डरबाट अर्को सिलिण्डरमा सारेर ग्याँसको तौल कम गरी बिक्री गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो । यादवको पसलबाट प्रहरीले ठुलो ग्याँस सिलिन्डर ११ थान, सानो ग्याँस सिलिन्डर २थान, तौल मेसिन १थान, रेगुलेटर २थान र एयरलिंक गर्ने पाईप १थान समेत बरामद गरेको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनसरीमा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन । इटहरी ६ बाट हराएको प्रदेश १–०५–००१ प०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जना चोरी भएका मोटरसाईकल सहित पक्राउ परेका हुन् ।
गत २८ गते ईटहरी ६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको सो मोटरसाईकल हराएपछि खोजी गर्ने क्रममा प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी ९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाईरहेको अवस्थामा मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा झापाको डाँगिवारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । उनीहरुका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्