मोरङ/ मोरङको सुनवर्सी नगरपालिका–२ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ ।
आज बिहान राती २ बजे पारस साहले संचालन गरेको सो किराना पसल, पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा घर भित्र रहेको नगद २० लाख, सुन चाँदी, लत्ता कपडा, किराना पसलको समान समेत जलेर नष्ट भएको प्रहरीेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिराटनगर महानगरपालिका, रङगेली, सुन्दरहरैचा, पथरी, बेलवारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे निभाइएको थियो ।

Facebook Comments Box