दमक/बेलबारी –११ भाउन्ने स्थित पुर्व पश्चिम लोक मार्गमा आज शुक्रबार जन्ती बस टिपर र स्कूटरसंग ठोक्किदा भएको दुर्घटनामा तीन जना जन्तीसहित ६ जना घाईते भएका छन ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको जन्ति लिएर हिडेको प्र १ ०–२००१ ख ८१११ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको ना ७ ख ४४ नम्बरको टिपर र को २१ प ९२०३ न. स्कुटरलाई ठक्कर दिदा सो दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक २८ बर्षिय
सुबास राई , टिपर चालक ईटहरी १० का ३६ बर्षिय मान बहादुर कार्की तथा बसमा सवार पाचथर कुरुम्बा गापा १ का ७१ बर्षिय तठ बहादुर घिमिरे , ५७ बर्षिय राम बहादुर कार्की र झापा कमल गापा – ३ का ७९ बर्षिय जित बहादुर बोहरा घाईते भएका हुन । बसमा सवार तीनै जनाको दमकमा र अन्य तीन जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box