दमक/ आज बिहान करिब १० बजे झापाको पाडाजुगी – गौरीगञ्ज सडक अन्तर्गत गेउरिया खण्डमा भएको पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ९ कका ५५ बर्षिय मंगल चौधरी रहेका इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।

मे १ च ६४९७ को पिकअप पल्टिदा भएको दुर्घटनामा घाईते उनको उपचारका लागि लाइफलाइन अस्पताल दमक ल्याइएपनि तत्कालै मृत्यु भएको जनाइएको छ । सो दुर्घटनाका अर्का घाईते दमककै २६ बर्षिय सनिल चौधरीको थप उपचारका लागि विराटनगरतर्फ पठाइएको छ भने जलेश्वर चौधरीको दमकमा नै उपचार भइरहेको छ । दुर्घटनाग्रस्त पिकअपका चालक दमक ६ का २० बर्षिय रोहन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई जना सामान्य घाईते छन ।
मार्वल्स बोकेर गौरीगञ्जतर्फ जादै गरेको पिक अप भ्यानको चक्का खुस्केर आफैं दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए ।

 

 

 

Facebook Comments Box