दमक/ झापाको अर्जुनधारा नगरपालिका १ सालवारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहिवार राती १० बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा रातीनै बिर्तामोडस्थित बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

त्यसैगरी गएराती पाचथरको हिलिहाङ ५ दुबीचौरस्थित मेचीराजमार्गमा अमरपुरबाट काबेलीतर्फ जादै गरेको मे ४ प ८९४ नं मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुदा चालक प्रविन कालिकोटेको मृत्यु भएको छ । हिलिहाङ १ का २३ बर्षिय कालिकोटेको पाचथर जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा १९ बर्षिया मुना पाख्रिन गम्भिर घाईते भएकी छिन ।

त्यसैगरी आज बिहान करिब १० बजे झापाको पाडाजुगी – गौरीगञ्ज सडक अन्तर्गत गेउरिया खण्डमा आज करिब १० बजे एउटा मालवहाक पिकअप दुर्घटना भएको छ । मे १ च ६४९७ को पिकअप पल्टिदा भएको दुर्घटनामा चालक दमक ६ का २० बर्षिय रोहन यादवसहित ५ जना घाईते भएका छन ।  मार्वल्स बोकेर गौरीगञ्जतर्फ जादै गरेको पिक अप भ्यानको चक्का खुस्केर आफैं दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए । उनका अनुसार अन्य घाईतेहरु सबैको उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरुको विस्तृत पहिचान खुलिसकेको छैन ।

Facebook Comments Box