दमक/झापाको पाडाजुगी – गौरीगञ्ज सडक अन्तर्गत गेउरिया खण्डमा आज करिब १० बजे एउटा मालवहाक पिकअप दुर्घटना भएको छ । मे १ च ६४९७ को पिकअप पल्टिदा भएको दुर्घटनामा चालक दमक ६ का २० बर्षिय रोहन यादवसहित ५ जना घाईते भएका छन ।
मार्वल्स बोकेर गौरीगञ्जतर्फ जादै गरेको पिक अप भ्यानको चक्का खुस्केर आफैं दुर्घटना भएको हो । सो दुर्घटनामा पिकअपमा सवार पाच जना घाईते भएका प्रारम्भिक जानकारी आएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए । उनका अनुसार घाईतेहरु सबैको उपचारका लागि अस्पताल पठाइएको छ ।