गौरादह/गौरादह नगरपालिका स्थित वडा नं. १ मा सम्पन्न बाल क्लबहरुको भेलाले नगर स्तरीय बाल सञ्जालको अध्यक्षमा जनता माध्यमिक विद्यालय गौरादह–१ की छात्रा नवीना सुवेदीलाई अध्यक्षमा चयन गरेको छ ।

भेलाले सुवेदीको अध्यक्षतामा २१ सदस्य नगर स्तरीय बाल सञ्चल गठन गरेको हो ।
सञ्जालको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश भूमिका कार्की, पल्लव गौतम, अमन ताजपुरिया र अपेक्षा दर्जी रहेकाछन् । त्यसै गरी सदस्यहरुमा विनोद ताजपुरिया, पवन खरेल, रोजिका भण्डारी, किशोर ताजपुरिया, पार्वता कार्की, रमेश थापा, एलिजा भेट्वाल, सुमन मर्डी, गोपाल कटुवाल, गरिमा ताजपुरिया, विनोद पौडेल, ऋतिका ताजपुरिया, शम्भु दाहाल, कृष्ण थापा, मनिता मुर्मु र महेश राजवंशी रहेकाछन् ।

अध्यक्ष नवीना सुवेदी जनता माध्यमिक विद्यालयको बाल क्लबको पनि अध्यक्ष हुन् । उनैका अगुवाइमा केही गत हप्ता विद्यालय परिसर वरपर रहेका पसलहरुमा खुल्ला रुपमा मधु, गुड्का जन्य वस्तु विक्रीवितरणमा अनुगमन र न्यूनिकरण गरिदिन अनुरोध गर्दै बाल क्लब मार्फत इलाका प्रहरी कार्यालय गौरादहमा अनुरोध पत्र बुझाएका थिए ।

Facebook Comments Box