दमक/  दमकका स्थापित युवा ब्यवसायी शान्तिराम कार्की अर्जुनले आजदेखि नयाँ ब्यवसाय शुरु गरेका छ्न ।
यस अघि इलोक्ट्रोनिक्सका आइटमहरुको व्यापारसगै घर जग्गाको समेत कारोबार गर्दै आएका कार्कीले दमक ६ स्थित बैक लाइनमा आज बाट भित्री बस्त्रको होलसेल ब्यापार शुरु गरेका हुन ।

आर जे सप्लायर्स नाम दिइएको सो ब्यवसायिक फर्मको आज उदघाटन गरिएको छ । दमक बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठले उक्त सप्लायर्सको रिबन काटेर उदघाटन गरेका हुन । सो सप्लायर्समा लेडिज तथा जेन्सका सम्पुर्ण भित्री कपडाहरु होलसेल मुल्यमा पाइने सन्चालक कार्कीले बताए । उक्त सप्लायर्समा माइक्रोमेन ,र सफट कम्पनीको ब्रान्डयुक्त कपडाहरु पाइने बताइएको छ । माइक्रोमेन कम्पनीको पूर्वको आधिकारिक डिलरका रुपमा सो सप्लायर्स सञ्चालनमा ल्याइएको कार्कीले बताए ।

Facebook Comments Box