झापा । विगत लामो समय देखि एसएलइ रोग (घामको प्रकाशबाट हुने छालाको क्यान्सर) बाट ग्रसित कुसुम लावतीको परिवारलाई ७ लाख बढि सहयोग रकम हस्तान्तरण गरिएको छ । कुसुम लावती लिम्बु बचाउ अभियान युकेबाट जम्मा भएको ६ लाख ८ हजार पाँच सय ९० रुपैयाँ र नेपालमा बाटोघरे कान्छा९पदम०को पहलमा संकलित २ लाख ८३ हजार ९ सय ७० रुपैयाँ गरि ८ लाख ९२ हजार पाँच सय ६० रुपैयाँ संयुक्त रुपमा बिरामीको दाई दल बहादुर लावतीलाईं हस्तान्तरण गरिएको हो ।एसएलइ रोगबाट ग्रसित कुसुम लावतीको विगत लामो समय देखि निरन्तर उपचार गराउँदै आएको दाई दल बहादुर लावतीले बताए । कुसुम लावतीको स्वास्थ्यमा समस्या भए पछि थप उपचारका लागि बिराटनगर नोबेल अस्पतालमा उपचार गराई आंशिक स्वास्थ्यलाभ गरि डाक्टरको सल्लाह अनुसार घरमा नै आराम गर्नु पर्ने र केहि समय समयमा स्वास्थ्य परिक्षणको लागि जानु पर्ने सल्लाह अनुसार घरमा ल्याइएको थियो । तर बिरामी लावतीको गत मंसिर २१ गते बेलुका ७ बजे तिर मृत्यु भएको बिरामीका दाई दलबहादुर लावतीले बताए ।

बिरामीको मृत्यु भए पनि मृतक कुसुम लावती लिम्बुको नाममा उठेको रकम उसैको परिवारलाई नै हस्तान्तरण गर्ने निर्णय अनुसार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का उपाध्यक्ष तथा हरप्रहरु न्यूजका प्रमुख प्रतिनिधि हरप्रहरकर्मी भुमिका फियाक लिम्बुले सो रकम बिरामीको घरमा नै पुगेर हस्तान्तरण गरेको हो ।लावती इलाम जिल्ला साविक लुम्दे १ घरभई हाल झापाको गौरादह ५ मा बसोबास गर्दै आफ्नो उपचार गराउदै आएका थिए ।

युकेमा कुसुम लावती लिम्बु बचाउ अभियान साविक लुम्दे ५ हाल युके निवासी गोरखा नेप्लीज वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा युके मगर संघका उपाध्यक्ष समेत रहनु भएका गंज आले मगर, गणेश आले मगर, झापा मेचीनगर घर भई युके निवासी गोरखा नेप्लीज वेलफेयर सोसाइटी युकेको साँस्कृतिक सचिव भक्ति आङदेम्बे, सामाजिक अभियान्ता रेशु फियाक आङदेम्बे, साहित्यकार तथा समाजसेवी सन्त कुमार आङदेम्बे लगायतको पहलमा सहयोग रकम संकलन गरि बिरामीलाई पठाइएको समाजसेवी गंज आले मगरले बताए ।

Facebook Comments Box