दमक/ विप्लव नेतृत्वको नेकपा सम्बद्ध युवा संगठनका एक जना जिल्ला नेताले आज स्वैच्छिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन । युवा संगठनका जिल्ला सदस्य पुकार तामाङले आज प्रेस विज्ञप्ती मार्फत सो पार्टी/समुहको कुनैपनि जिम्मेवारीमा नरहेको र स्वैच्छिक रुपमा पार्टी परित्याग गरेको जनाएका हुन ।
तामाङले हस्ताक्षर गरेर सञ्चार माध्यमहरुलाई उपलब्ध गराइएको प्रेस विज्ञप्तीमा भनिएको छ – आजैदेखि कुनैपनि पार्टी/संगठनमा आवद्ध नरहेको नेकपा ( विप्लव समुह) झापा जिल्ला कमिटी, सूरक्षा निकाय सञ्चार माध्यमहरुका साथै आम सर्वसाधारणहरुमा जानकारी गराउँदछु ।

उनी २०७३ सालदेखि सो पार्टी संगठनमा आवद्ध रहेर गतिबिधि गर्र्दै आएका जिल्लास्तरका कार्यकर्ता हुन । पछिल्लो समय नेकपा विप्लव समुहको नाममा सो पार्टीले हिंसात्मक गतिबिधि गर्न थालेका खबरहरु बाहिर आइरहेका छन ।

Facebook Comments Box