दमक/ आज मंगलबार बिहान हत्या गरिएको मोरङको मिक्लाजुङ १ का प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ । सो समुहका मेची कोशी ब्यूरो इञ्चार्ज प्रतापले विज्ञप्ती जारी गर्दै हत्याको जिम्मेवारी लिएका हुन ।

पार्टी गतिबिधिमा बाधा गरेको तथा सुराक गरी आफना मेची कोशी ब्यूरोका दुई जना नेतालाई पक्राउ गराएको जस्ता आरोप लगाउँदै सम्झाउन खोज्दा आक्रमण गर्न आएको र प्रतिकारमा उनको मृत्यु भएको जिकिर सो विज्ञप्तीमा गरिएको छ । यद्यपी श्रेष्ठलाई आज बिहान आएका ६ जनाले घरबाटै करिब एक किलोमिटर टाढाको जंगलमा लगेर घाँटी रेटेर हत्या गरेका बताइएको छ । घटनापछि त्यहाँ प्रहरी परिचालन भएपनि यो तयार पार्दा सम्म सो घटनामा संलग्न कोही पनि पक्राउ परेको खबर सार्वजनिक भएको छैन । माओवादी सशस्त्र युद्धको स्मरण गराउने शैलीमा भएको सो घटनाका कारण मिक्लाजुङका साथै पूर्व क्षेत्रकै जनजिवन त्रसित बनेको छ ।
स्थानीय सरस्वती आधारभुत विद्यालयमा कार्यरत प्रधानाध्यापक श्रेष्ठको हत्याको एकिकृत अखिल नेपाल शिक्षक संगठन लगायत शिक्षकहरुका पेशागत संगठनहरुले भत्र्सना गरेका छन ।

Facebook Comments Box