दमक/ मोरङको मिक्लाजुङमा एक जना शिक्षकको अज्ञात समुहले आज विहान हत्या गरेको छ । ५४ बर्षिय राजेन्द्र श्रेष्ठलाई बिहान पहिचान नखुलेको समुहले अपहरण गरेर लगेकोमा केही समय पछि उनको हत्या भएको जानकारी आएको मिक्लाजुङ १ का वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए ।
उनको हत्याको जिम्मेवारी अहिले सम्म कुनै समुहले लिएको छैन । प्रहरीको उच्च स्रोतले भने विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा ति शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको दाबी गरेको छ । श्रेष्ठलाई घरबाट करिब एक किलोमिटर टाढा लगेर टाउकोमा गोली हानेर हत्या गरेको प्रहरीको भनाई छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक हुन ।
उनका अनुसार शिक्षक श्रेष्ठको घर नजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो । ( स्रोत प्राइम एफएम)