दमक/दमकका दुई स्थानमा भएका अलग अलग दुर्घटनामा चार जना घाईते भएका छन । हिजो दमक ३ दुम्से स्थित उत्तर दक्षिण ग्राबेल सडकमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २८ बबर्षिय कौशल तामाङ घाईते भएका छन । को ३ प २५७६ नं. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना तामाङ गम्भिर घाईते भएका ट्राफिक प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि नोवेल अस्पताल विराटनगर पठाइएको छ ।
त्यसैगरी दमक ५ स्थित उत्तर दक्षिण भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र १ –०२–०४२ प १८५० नम्बरको मोटरसाइकलले साईकल यात्री दमक १ का ८० को भुमि प्रसाद भण्डारीलाई ठक्कर दिँदा घाईते भई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक दमक ३ का २४ बर्षिय बिकास श्रेष्ठ सामान्य, र पछाडी सवार भुमिका श्रेष्ठ सामान्य घाईते भएका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।