दमक/ लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका एक जना पक्राउ परेका छन । बिराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यमिक बिद्यालयमा आज सञ्चालित परीक्षामा पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका १ का १८ बर्षीय बिल्साद आलम रहेका छन् । आलमले, हरिनगरा १ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।