पाँचथर/ गत कार्तिक ३० गतेदेखि हराईरहेका पाँचथरको हिलिहाङ ६ का ३ बर्षीय एक बालक ओढार भित्र मृत फेला परेका छन । आईन्द्र हाङसरुम्बाका ३ बर्षिय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा हिजो मृत फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनको शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । अनुसन्धान अधिकृत सहितको टोलीले सो घटनाबारे थप अनुसन्धान शुरु गरेको जनाएको छ ।