दमक/ दमकमा क्रियाशील सामाजिक संस्था पहिलो पाइला नेपाल दमक शाखाका सल्लाहकार एवं संगम स्वीटसका सञ्चालक विमल शर्माले दैनिक एक सय रुपैयाँ अनिवार्य रुपमा सामाजिक कामका लागि प्रदान गर्ने घोषणा गरेका छन ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका कार्यसमिति सदस्य समेत रहेका शर्माले देशव्यापी सञ्जाल रहेको सो संस्थालाई दमकस्थित शाखा मार्फत प्रदान गर्ने भएका हुन । संस्थाका अध्यक्ष दिपक खडकाको अध्यक्षतामा आज ( शुक्रबार) बसेको मासिक बैठकमा सो सम्बन्धि जानकारी गराउनुका साथै संस्थाका तर्फबाट धन्यवाद प्रस्ताव पारित गरिएको संस्थाले जनाएको छ ।
शर्माले प्रदान गर्ने सो रकम वा रकम बराबरको सहयोग सो संस्था मार्फत आर्थिक रुपमा विपन्न तथा असहायहरुलाई प्रदान गरिने अध्यक्ष खडकाले बताए । बैठकले संस्थाले यस अघि सञ्चालन गर्दै आएको आठ हप्ते सरसफाई कार्यक्रमलाई निरन्तरता दिने, आर्थिक अवस्था कमजोर भएका एक परिवारलाई सहयोग प्रदान गर्ने लगायत बिबिध निर्णयहरु गरिएको संस्थाका सहसचिव राजु निरौलाले बताए ।
