दमक/ प्रदेश एकका विभिन्न स्थानबाट लागुऔषधसहित पाच जना पक्राउ परेका छन ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट बिहिवार दिउसो खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं ५ बाट ९.५ ग्राम लागूऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय आशिष थापालाई पक्राउ गरेको हो । यसैगरी अर्जुनधारा नगरपालिका ९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउपालिका २ का २२ बर्षीय प्रिन्स खनाललाई पक्राउ गरेको हो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० बाट स्थानीय ४८ बर्षीय पुर्ण बहादुर लिम्बु र धरान ११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुूऔषध सहित पक्राउ गरेको हो । कोठामा नै लागुऔषध राखेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको घर कोठाबाट नगद २९ हजार ५०० सहित विभिन्न किसिमका प्रतिबन्धित लागूऔषध बरामद गरेको थियो । त्यस्तै मोरङको कटहरी गाउँपालिका १ बाट सोही गाउँपालिका ३ का २० बर्षीय अनुकेत माझीलाई नाईट्राभेट ५०० ट्याब्लेट र डाईलक्स डि.सी. ७ बोतलसहित पक्राउ गरेको हो । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।