इलामको फाकफोकथुममा २४ घण्टा नबित्दै पति पत्नीको मृत्यु

Author Nishkarsha News
२०७७ मंसिर १७, बुधबार १९:५६

इलाम/  इलाममा पतिको मृत्यु भएको २४ घण्टा नबित्दै पत्नीको मृत्यु भएको छ ।  महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उनकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो ।

फाकफोकथुम गाउँपालिका ४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका उनको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उनको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचाररत उनलाई मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले जानकारी गराएको थियो । अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्