काठमाडौं/ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनमा बुधबार (आज) साढे पाच बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउसो पक्राउ गरेको थियो । तनहुको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उदघाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुमा राखिएको छ ।