दमक/मंगलवार राती मोरङको रतुवामाई नगरपालिका ९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका मोटरसाईकल चालक विजय गौतमको उपचारका क्रममा मृत्यु भएको छ ।
२८१० नम्बरको मोटरसाइकलका चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको हो । यसैगरी पाचथरको जोरसालमा मंगलवार राती पौने ८ बजे बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका १ का २० बर्षीय अर्जुन शंकरको मृत्यु भएको छ । फिदिमबाट जोरसाल तर्फ जादै गरेको पिकअप अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटना हुदा घाईते भएका शंकरको उपचारको क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सो दुर्घटनामा विर्तामोडका २१ बर्षिय अर्जुन मगर र धरान १ का ३० बर्षिय प्रमोद गुरुङ गम्भिर घाइते भएका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।