दमक/ मेची राजमार्ग अन्तर्गत पाचथरको फिदिम ४ मा हिजो बेलुकी बोलेरो गाडी सडकबाट सय मिटर तल खस्दा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जादै गरेको बा १९ च ५७३६ नं को बोलेरो अचानक अनियन्त्रित भइ सडकबाट तल झर्दा फिदिम १ का २० बर्षिय अर्जुन शंकरको मृत्यु भएको हो ।  दुर्घटनामा विर्तामोडका २१ बर्षिय अर्जुन मगर र धरान १ का ३० बर्षिय प्रमोद गुरुङ गम्भिर घाइते भएका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

Facebook Comments Box