दमक/  इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ईलाम फाकफोकथुम गाउपालिका ५ थुम्का भिर स्थित भित्रि सडकखण्डमा रबिबाट इलाम
तर्फ जादै गरेको को.२ च. १५ नम्बरको तरकारी बोकेको पिकअप आफै अनियन्त्रित भइ भिरबाट ५०० मिटर तल झर्दा पिकअपमा सवार ४ जना मध्ये इलाम माइ नगरपालिका ९ का ४० बर्षिय  दिनेश लिम्बु र ईलाम ११ का ३० बर्षिय नविन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा चालक इलाम माई नपा १ का २६ बर्षिय सचिन राई र ३० बर्षिय बिकाश तामाङ गम्भिर घाईते भएका छन । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तर्फ ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ । सो घटनास्थल प्रहरी चौकी गजुरमुखीबाट ८ किलोमिटर दक्षिणमा पर्ने जनाइएको छ । हिजो सोमबार साझ सो पिकअप जीप लुम्देस्थित कुलुङ्गे टर्निङबाट तल खसेको थियो ।

Facebook Comments Box