दमक/झापाको मेची नगर नगरपालिका ४ का ५० बर्षीय पुर्ण बहादुर प्रधानको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन । कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार आईतवार राती सवा ८ बजे सामान्य बादबिबादको बिषयलाई लिएर तीन जनाको समुहले प्रधानलाई निर्घात कुटपिट गर्दा घाईते भएका थिए । प्रधानको उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको थियो । घटना लगत्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरी कार्यायले जनाएको छ ।
